Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर


2.7k
Shares

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको फैसला सुनाएकाे छ ।

शुक्रबार लामिछाने बिरुद्ध परेको मुद्धाको सुनुवाई गर्दैअमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने ठहर गरेको हो । फैसलासँगै उनको उपप्रधान एवं गृहमन्त्री र सांसद पद गुमेको छ ।