Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


एमाले अध्यक्ष ओलीद्वारा भारतीय गणतन्त्र दिवसको शुभकामना


65
Shares

kp oli modi

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतीय गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज ट्विट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनतालाई शुभकामना दिनुभएको हो । उहाँले भन्नुभएको छ, “भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको ७४ औँ वर्ष (आजादीका अमृत महोत्सव) अर्थात् भारतीय गणतन्त्र दिवसका अवसरमा मेरा मित्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी र भारतीय जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछु ्।”

ट्विटमा उहाँले गहिरो आपसी मित्रता, पारस्परिक सम्मान र विश्वासमा आधारित सम्बन्ध विकास गर्दै विकासका मुद्दामा दुई देशबीचको सहकार्य मजबुत हुने विश्वास व्यक्त गर्नुभएको छ ।