Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


चलचित्र ‘गुलावी’को फर्स्ट लुक पोस्टर सार्वजनिक


182
Shares

काठमाडौं । अभिनेता नाजिर हुसेनको मुख्य अभिनय रहेको चलचित्र ‘गुलावी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ ।

महिला निर्देशक समुन्द्र भट्टको निर्देशनमा तयार यस चलचित्रमा अभिनेता नाजिर हुसेन ट्रान्सवुमनको भूमिकामा देखिएका छन् । सार्वजनिक पोष्टरमा नाजिरलाई गाजल टिकी र नथिया लुकमा गम्भिर भएको देख्न सकिन्छ ।

नेपालमा पहिलो पटक पूर्ण रुपमा ट्रान्स स्टोरीमा निर्मित यसचलचित्रका लागि नाजिरले १६ केजी तौल समेत घटाएका छन् ।

प्रदर्शनी मिति सार्वजनिक नगरिएको यस चलचित्रमा नाजिर गुलावी पात्रको मुख्य भूमिकामा देखिनेछन भने अभिनेत्री संचिता लुइँटेलका साथमा सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी लगायतका कलाकारको अभिनय पनि रहेको छ ।

द स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रलाई आलोक शुक्लाले छायांकन गरेका हुन भने संगीत लेखु सहयात्री र सान भुषालले भरेका छन् ।