काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
सोमबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले उक्त निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिनुभयो ।
उहाँले सबै राजनीतिक दलहरुसँग सहयोग लिएर राष्ट्रपति निर्वाचनका लागि अघि बढ्ने निर्णय भएको पनि बताउनु भयो । त्यसैगरी बैठकले समयमै राष्ट्रपतिको निर्वाचन गराउनका लागि निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।त्यसैगरी प्रवक्ता महतका अनुसार बैठकमा नेता डा. शेखर कोइराललाले आफूले भन्दै नभनेको कुराको अनर्गल प्रचार गरिएको बताउनु भएको थियो ।
कोइरालाको प्रधानमन्त्री पुष्पकमल दाहालाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरयो भन्ने भनाई बाहिर आएको थियो । तर बैठकमा कोइरालाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको विषयमा यस्तो नभनेको भन्दै प्रस्ट्याउनु भएको थियो ।




प्रतिक्रिया दिनुहोस्