Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


सत्ता गठबन्धनबाट नै राष्ट्रपतिको उम्मेदवार हुन्छ : जनार्दन शर्मा


1.6k
Shares

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सत्ता गठबन्धनबाट नै राष्ट्रपतिको उम्मेदवार बन्ने बताउनुभएको छ ।
शनिवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले केही दिनपछि नै राष्ट्रपतिको एजेण्डाले स्थान पाउने र सत्तारुढ दलहरुसँग छलफल गरेपछि उम्मेदवारको टुंगो लाग्ने बताउनु भयो ।

उहाँले काँग्रेसले गरेको कुराको अपेक्षा आफूलाई जानकारी नरहेको भन्दै गठबन्धन सरकारमा बहुमत रहेकाले गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने निश्चित रहेको बताउनु भयो । उहाँले सरकारमा भएका दलहरुले प्रश्ताव गरेकै व्यक्ति राष्ट्रपति बन्ने दाबी गर्नुभयो ।

सांसद शर्माले गठबन्धन फुटाउने र जोड्ने समय अब सकिसकेको भन्दै अहिले बनेको गठबन्धन निरन्तर अघि बढ्ने बताउनु भयो ।