Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


प्रतिनिधि सभाको बैठक सुरू, सभामुखका लागि निर्वाचन हुँदै


1k
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सुरु भएको छ । बैठक अहिले नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएको हो ।

बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र सुनाउनु हुनेछ । त्यसपछि सभामुख पदको निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

सभामुख पदका निर्वाचनका लागि नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिनिधि सभाका सदस्य देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, उक्त प्रस्तावलाई प्रतिनिधि सभा सदस्यहरू हीतराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछानेले समर्थन गर्नुहुनेछ ।

त्यस्तै, सभामुख पदका लागि नेपाली कांग्रेसको तर्फबाट विश्वप्रकाश शर्माले प्रतिनिधि सभा सदस्य ईश्वरीदेवी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, उक्त प्रस्तावलाई प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले समर्थन गर्नुहुनेछ ।

ज्येष्ठ सदस्य राणाले त्यसपछि मत विभाजन गर्नुहुनेछ । पक्ष र विपक्षका सांसदलाई ‘हुन्छ’ र ‘हुन्न’ भन्ने गरी हस्ताक्षर गर्न लगाइने छ । दुवै उम्मेदवारमा जसले हुन्छ भन्ने मत बढी ल्याउँछन् उहाँ नै विजयी घोषणा गरिनेछ ।

सभामुख चयनलगत्तै शुक्रबार उपसभामुख चयन प्रक्रिया सुरू हुनेछ ।