
काठमाडौं । नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले मनोनयन दर्ता गराउनु भएकाे छ ।
बुधबार संघीय संसद सचिवालयमा उहाँले सभामुखमा मनोनयन दर्ता गराउनु भएकाे हाे ।
संघीय संसद्काे सचिवालयका अनुसार उहाँको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहनु भएकाे छ ।
त्यस्तै यसअघि सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले पनि मनोनयन दर्ता गराइ सक्नु भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्