काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएकाे भेटवार्ता सकिएकाे छ ।
एमाले ओलीसँग छलफलका लागि बालकोट पुगेका दाहालले साढे ३ घण्टाभन्दा लामो कुराकानी गर्नुभएकाे हाे ।
बालकाेट स्राेतका अनुसार दुवै जनाबीच आजै (सोमबार) मन्त्रिपरिषद्लाई पूर्णता दिने लगभग सहमति भएकाे हाे ।
पुस १० गते प्रधानमन्त्री नियुक्त भएका र ११ गते सपथ लिएका उनले अझै पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।




प्रतिक्रिया दिनुहोस्