
विराटनगर । प्रदेश नं १ को प्रदेश सभाको उपसभामुखमा एमाले सांसद सिर्जना दनुवार निर्वाचित हुनुभएकाे छ।
शनिबार प्रदेशसभाको बैठकबाट उहाँ निर्वाचित हुनुभएकाे हाे ।
दनुवारको पक्षमा ५७ मत खसेको थियो । विपक्षमा ३३ मत खसको थियो ।
सभामुखमा भने माओवादी केन्द्रका उम्मेदवार बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्