सुशिल गैरे
कपिलवस्तु । चिसोबाट जोगाउन पालिकाहरुले ठोस योजना नबनाउँदा कपिलवस्तु बुद्धभुमि ५ का वडा अध्यक्ष रोम बहादुर थापाले व्यक्तिगत रुपमा विपन्नको घरमा सिरक बाँड्न सुरु गर्नु भएको छ ।
अत्याधिक चिसो बढ्दै गएपछि वडा अध्यक्ष थापाले अति विपन्नको घरमा गई सिरक वितरण गर्न सुरु गर्नु भएको हो ।
वडा अध्यक्ष थापाले जनताको समस्या समाधान गर्ने आफ्नो दाइत्व रहेको बताउँदै तत्कालका लागि १० घर परिवारलाई सिरक वितरण गरेको बताउनुभयो।
वडासँग उक्त शीर्षकमा बजेट नभएको र पालिकाले दिने सहयोग आउन ढिला हुने भएपछि व्यक्तिगत रुपमा सिरक खरिद गरी बाडिएकाे बताउनु भयो । वडा सदस्यलाई वडामा रहेका अति विपन्नको अवस्था बुझ्न आग्रह गर्दै थप आवश्यक पर्ने संख्या किटान गरी समस्या परेका घरमा सिरक उपलब्ध गराउने वडा अध्यक्ष थापाले प्रतिबद्धता व्यक्त गर्नुभयाे ।





प्रतिक्रिया दिनुहोस्