 
	    काठमाडौं । चर्चित गायक यम बरालले चलचित्र निर्माण गर्ने भएका छन् ।
बरालको करिअरको सदाबहार गीत ‘बादलुको घुम्टोले’को स्थायी शब्द ‘तिमीलाई सम्झिँदा’ मा बरारले फिल्म निर्माण गर्न लागेका हुन् ।
म्युजिकल लभस्टोरी बताइएको यो चलचित्रमा कलाकार र निर्देशकको टुंगो लाग्न बाँकी छ । चलचित्रमा कथाअनुसार नयाँ कलाकारको अभिनय रहने सम्भावना रहेको छ ।
गीत रिलिज भएको झण्डै तीन दशक हुँदा पनि ‘बादलुको घुम्टोले’ अहिलेसम्म कुनै म्युजिक भिडियो बनाएको छैन । अब यसमा नै चलचित्र निर्माण हुने भएको छ । शिवम् अधिकारीको पटकथा तथा संवाद रहने यस चलचित्रलाई इलाम, झापा र अन्य पर्यटकीय थलोमा छायांकन गर्ने तयारी रहेको छ ।
यस चलचित्रमा बरालले गायकको भूमिकामा अभिनय समेत गर्ने छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्