Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


काठमाडौंमा एटीएम फोड्दै गर्दा एक जना पक्राउ


4.2k
Shares

काठमाडाैं । काठमाडौंमा एटीएम फोड्दै गरेकाे अवस्थामा एक जना पक्राउ परेका छन् ।

चन्द्रागिरी नगरपालिका ११ सतुगंलस्थित एनआईसी एसिया बैंकको एटीएम फोड्दै गरेको अवस्थामा २८ वर्षीय प्रकाश मगर पक्राउ परेका हुन्।

चन्द्रागिरी नगरपालिका ७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७ घर भएका मगरलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो।

स्क्रुले उक्त बैंकको एटिएम खोलिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।