Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित सुडानी नागरिक पक्राउ


0
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुडानका नागरिक माेहम्मद अहमेदले डफला साराफेल्दिन रहेका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा उक्त सुन फेला परेको हाे।

उनले प्लास्टिकमा बेरिएको अर्धतरल (सेमिलिक्विड) सुन कम्मरमा बाँधेर ल्याएका थिए। शंकाका आधारमा चेकजाँच गर्दा उनी सुनसहित पक्राउ परेको विमानस्थल प्रहरीले जानकारी दिएकाे हाे ।

विमानस्थलस्थित भन्सार कर्यालयले करिब १८-१९ किलो सुन बरामद भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाएको छ।

विमानस्थल स्रोतका अनुसार साराफेल्दिन फ्लाई दुबईको ५१९ नम्बरको उडानबाट नेपाल आएका हुन् ।