Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


सिन्धुलीमा संस्कृतिको संरक्षण गर्न स्थानीय मेला जात्रा


65
Shares

सिन्धुली । स्थानीय लोककला संस्कृतिको संरक्षण गर्नका लागि सिन्धुलीको विभिन्न स्थानमा परम्परागत मेला जात्राहरू लाग्ने क्रम जारी रहेको छ ।

सिन्धुली तथा सिमा क्षेत्रका डकाहा, त्रिवेणी, लोटाहा लगायतका स्थानहरूमा स्थानीय मेला जात्रा सम्पन्न भएका छन् भने तिलंगे, मैनी जस्ता परम्परागत मेला जात्राहरू सुरू भएको छ ।

सिन्धुलीमा लाग्ने त्यस्ता, परम्परागत मेला जात्राहरूमा नेपाली मौलिक घरेलु उत्पादनहरू राडी पाखी, मान्द्रा, डाला नाङलाको बिक्री–वितरण र बजारीकरण, लोककला संस्कृतिको संरक्षण गर्ने गरिएको छ ।

स्थानीय मेला जात्राहरूमा विभिन्न तामाङ, मगर, खस भाषाभाषीहरूका लोकजुहारी, भजन किर्तन र खेलहरूको मौलिक मनोरञ्जन हुने गरेको छ ।

मेला जात्राहरूमा पिछडिएका ग्रामिण क्षेत्रका उत्पादनहरू तथा स्थानीय कला संस्कृति, भेष–भुषाको प्रचार प्रसार गर्न तथा उद्योग व्यापार, घरेलु तथा लघु उद्यम, कृषि उत्पादनको बिक्री वितरण मार्फत स्थानीय आर्थिक विकास गर्नका लागि सो मेला जात्राले टेवा पुगेको देखिएको छ ।