Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


एनसेलद्वारा विश्वकप फुटबल फाइनलको लाइभ स्क्रिनिङ


1.5k
Shares

काठमाडौं। एनसेल आजियाटा लिमिटेडले आइतबार २२ औं फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलको विशेष लाइभ स्क्रिनिङ कार्यक्रम आयोजना गरेको थियो ।

काठमाडौंको दरवारमार्ग स्थित अन्नपूर्ण होटलमा सम्भवत नेपालमा अहिले सम्मकै ठूलो स्क्रिनहरु मध्ये एकमा देखाइएको प्रत्यक्ष प्रसारणमा १ हजार ९ सय भन्दा बढी दर्शकको उत्साहजनक उपस्थिती रहेको थियो ।

कार्यक्रम स्थलमा दुई ठूला डिजिटल स्क्रिन बाहेक दर्शकको सुविधाका लागि अन्य स्क्रिनहरूमा समेत देखाइएको अर्जेन्टिना र फ्रान्सबीचको फाइनलखेलको प्रत्यक्ष प्रसारण उल्लासमय बनेको कम्पनीले जनाएको छ । आमन्त्रित निजी संघसंस्थाका प्रतिनिधि, बैंक तथा वित्तीय संस्था, व्यावसायिक क्षेत्रका पाहुना, कलाकार, सञ्चारकर्मी, एनसेलका ग्राहक, कर्मचारी र उनीहरुका परिवारका सदस्य लगायतले लाइभ स्क्रिनिङको भरपुर मजा लिएका एनसेलले जनाएको छ ।

एनसेलको ५९९ रुपैयाँमा ६० जीबी पाइने होम एन्ड अवे डेटा प्याकको खरिद गर्दा ग्राहकले लाइभ स्क्रिनिङमा सहभागी हुन निःशुल्क प्रवेश पासपाएका थिए । थपिएको ३० मिनेटमा ३–३ को बराबरी भएपछि टाइब्रेकरमा साबिकको विजेता फ्रान्सलाई ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकफको उपाधी जितेको हो ।