२ असार २०८२, सोमबार | Mon Jun 16 2025


उच्च पहाडी र हिमाली भागमा हिमपात र वर्षाको सम्भावना


91
Shares

काठमाडौं । देशका विभिन्न भागमा आज (आइतबार) सामान्य वर्षाको सम्भावना रहेको छ ।

भारत बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभावले नेपालमा पनि वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना बढाएको हो । पहाडी भेगमा आइतबार बिहानदेखि बदली हुने तथा तराई क्षेत्रमा हुस्सु लागेर शितलहर चल्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो भने प्रदेश-१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने छ । त्यस्तै, बाँकी क्षेत्रमा भने मौसम सफा रहने छ । त्यस्तै, प्रदेश-१ बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रमा वर्षासँगै तराईमा हुस्सु लाग्ने र शितलहर चल्नसक्ने चेतावनी समेत महाशाखाले दिएको छ । तापक्रम घट्ने क्रम निरन्तर बढ्ने भएकाले चिसोबाट बच्न समेत महाशखाले सर्वसाधारणलाई सुझाव दिएको छ ।

आइतबार राति भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । साथै बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।