बैतडी । बैतडीमा एक शिक्षक शंकास्पद रूपमा मृत फेला परेका छन् । जिल्लाको सूर्नया गाउँपालिका २ घर भइ पाटनस्थित श्रीकृष्ण माविमा कार्यरत शिक्षक ५२ वर्षीय धनबहादुर बिष्ट मृत अवस्थामा फेला परेका हुन् ।
शिक्षक विष्ट आज दिउँसो ३ बजे श्रीकृष्ण माविको छात्रवास पछाडि रहेको भिरालो ठाउँमा मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । बिष्टको मृत्युको कारण भने खुल्न सकेको छैन ।
मृतक विष्टका श्रीमती काठमाडौं रहेका र उनी आएपछि मात्रै थप घटनास्थलको प्रक्रियाको काम हुने प्रहरीले जनाएको छ । घटनाको प्रारम्भिक अनुसन्धान कार्य थालिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्