बाजुरा । नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले अनिश्चत कालका लागि यातायात बन्दको घोषणा गरेको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै यातायात बन्दको घोषणा गरिएको अनेरास्ववियुले जनाएको छ ।
अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन अयडीका हत्यारालाई एक महिना बित्नै लाग्दा समेत प्रहरीले पका्रउ गर्न लापरवाही गरेको भन्दै छानविनमा दवाव दिन यातायता बन्द गरिएको अनेरास्ववियूले जनाएको छ ।
विद्यार्थी नेता चेतन ऐडीको न्यायका लागि आन्दोलन जारी रहने पनि अनेरास्ववियु बाजुराले जनाएको छ । साथै उक्त न्यायको आन्दोलनमा सम्पूर्ण जिल्ला बासीहरुले सहयोग गरीदिन पनि अनेरास्ववियु बाजुराले अनुरोध गरेको छ ।





प्रतिक्रिया दिनुहोस्