१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


काठमाडाैंमा लागुऔषधसहित १९ जना पक्राउ


689
Shares

काठमाडौँ । गोंगबुबाट लागु औषध ब्राउन सुगरसहित १९ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडाैंका अनुसार टोखा नगरपालिका–१० गोंगबु बस्ने ३३ वर्षीय डलराज मगरको कोठाबाट अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हाे ।

मगरको कोठाबाट ५ ग्राम १९ मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

मगरको कोठामा लागू औषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले खानतलासीका क्रममा उनीहरूलाई पक्राउ गरेको हाे ।