Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


नेपाल प्रहरीमा रिक्त एआईजी पदमा बढुवा गर्न आयोगले दियाे अनुमति


104
Shares

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका ४ वटा एआईजी पदमा बढुवाका गर्न गृह मन्त्रालयलाई निर्वाचन आयोगले अनुमति दिएको छ ।

आयोगको मंगलबार अनुमतिसँगै नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाको तयारी गरिएको हाे । गृह मन्त्रालयको आग्रह अनुसार आयोगले बढुवा गर्न अनुमति दिएको गृह मन्त्रालयले जनाएको छ । मंसिर १९ सम्म निर्वाचन आचारसंहिताका कारण आयोगको अनुमति बिना सरूवा र बढुवा गर्न पाउँदैन ।

आयोगले आवश्यकता अनुसार प्रहरी अधिकृतहरूको सरूवा गर्न पनि मन्त्रालयलाई अनुमति दिएको छ । २०७९ साउन २० मा एआईजी विश्वराज पोखरेल, भदौ २३ मा मुकुन्दराज आचार्य, कात्तिक १४ मा अरूण बिसी र कात्तिक २४ मा रवीन्द्रबहादुर धानुकले अवकाश पाएसँगै प्रहरीमा ४ दरबन्दी रिक्त भएको छ ।

रिक्त ४ वटा एआईजी पदमा बढुवा हुन करिब एक दर्जन डिआईजी प्रतिस्पर्धामा रहेका छन्