Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


संसद भवन तत्काल खाली गर्न सरकारसँग पर्यटन बोर्डका वरिष्ठ निर्देशक ऐरको माग


338
Shares

काठमाडाैं । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बिआइसीसी) संसद भवन तत्काल खाली गर्न सरकारसँग माग गर्नुभएको छ ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको अर्थतन्त्रमा मेला महोत्सवको महोत्सवमा विद्यमान चुनौती र आगामी तयारी कार्यक्रममा बोल्दै वरिष्ठ निर्देशक ऐरले सरकारसँग यस्तो माग गर्नुभएको हो । उहाँले काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरका मेला महोत्सव गर्नको लागि अन्तर्राष्ट्रिय स्तरको हलको आवश्यक रहेको भन्दै बिआइसीसी भवन संसद बस्नको लागि नभई अन्तर्राष्ट्रिय प्रदर्शनी हलका रूपमा सञ्चालनका लागि भएकाले तत्काल खाली गराउनु पर्ने बताउनुभयो ।

उहाँले सरकारले ठूलाठूला मेला महोत्सव आयोजना गर्न हल निर्माण गर्नुपर्ने बताउनुभयो । पदर्शनी स्थल पूर्वाधार विकासका लागि निजी क्षेत्रसँग पर्यटन बोर्डले सकरात्मक भूमिका खेल्ने उहाँले बताउनुभयो । मेला महोत्सव गर्न पर्यटन बोर्ड निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको समेत उहाँले बताउनुभयो ।