Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


समानुपातिकमा केही पार्टीको मत वृद्धि अस्वाभाविक : अध्यक्ष ओली


7.1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीको समानुपातिकको मतवृद्धि अस्वाभाविक भएको बताउनुभएको छ ।

शनिबार सामाजिक सञ्जालमा लेख्दै ओलीले ३ प्रतिशत मत नकट्ने गठबन्धन घटकले अर्को पार्टीको मत जोड्न सक्ने भन्दै चनाखो रहन निर्देशन दिनुभएको छ ।

अध्यक्ष ओलीले ‘समानुपातिक मतगणना भइरहेको छ । सुरुदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ । एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ,’ ओलीले सामाजिक सञ्जालमार्फत आफ्ना प्रतिनिधिलाई भन्नुभएको छ, ‘जिल्ला जिल्लामा मतगणनामा रहनुभएका साथीहरू चनाखो रहनुहोस् ।’

त्यस्तै, ओलीले भन्नुभएको छ, ‘मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु ।’

Skip This