Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


अझै उठेनन् चेतन र सञ्जिवको शव


234
Shares

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका ७ स्थित नाटेश्वरी आधारभुक्त मदतानस्थल भएको विवादमा मृत्यु भएका दुई जनाकाे शव अझै उठेको छैन।

त्रिवेणी ७ का सञ्जिव अयडी र चेतन अयडि दुवै जनाको शव उठन नसकेको हो । मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर सञ्जिव अयडीको मृत्यु भएको थियो । सञ्जिवको शव नाटेश्वरी आधारभुक्त विद्यालय नै रहेको छ ।

अनेरास्ववियूका नेता चेतन अयडिको शव भने बयलपाटा अस्पतालको शव गृहमा रहेको छ ।

चेतनलाइ काँग्रेस कार्यकर्ताले ४ गते साँझ विभत्स तरिकाले कुटपिट गरेका थिए । उपचारको क्रममा अछामको बयलपाटा अस्पतालमा लैजाने क्रममा चेतनको बाटोमा मृत्यु भएको थियाे ।

काँग्रेसका एक कार्यकर्ताले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले गोली चलाएको थियो । सञ्जिवको छातिमा गोलि लागेर घटना स्थलमै मृत्यु भएको थियो । सञ्जिवको मृत्युपछि आवेगमा आएका काँग्रेस कार्यकर्ताले चेतनलाइ घरमा गएर कुटपिट गरेका थिए ।

मतदान केन्द्रमा भएको झडपमा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका थिए । घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अयडी छन् ।

प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले शव उठाउनका लागि पहल भइरहेको आजै निकास आउने बताउनु भयाे ।