Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


२४ दिनदेखि बेपत्ता हेमराजकाे जानकारी दिनेलाई १० लाख पुरस्कार


4.6k
Shares

म्याग्दी । २४ दिनदेखि बेपत्ता म्याग्दीका एक पुरुष अझै फेला परेका छैनन् । बेनीनगरपालिका वडा नं ५ पुलाचौर स्थायी घर भई हाल काठमाडाैं महानगरपालिका–१६ वनस्थली बस्ने ५० वर्षीय हेमराज शर्मा अझै फेला नपरेका हुन्।

गत महिनाअसोज २६ गते आइतबारका दिन साँझ ४ बजेदेखि बेपत्ता भएका शर्माको खोजी भइरहेकाे भए पनि अहिलेसम्म फेला नपरेकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

सामाजिक एवम् राजनीतिक गतिविधिमा सक्रिय शर्मा एक्कासी सम्पर्कविहिन भएपछि परिवारका सदस्यले खोजीकार्यका लागि अपिल गरे पनि हालसम्म फेला नपरेपछि सूचना दिनेलाई परिवारले नगद १० लाख समेत पुरस्कार दिने समेत घोषणा गरेको छ ।

परिवारका सदस्य, आफन्त, शुभचिन्तक र प्रहरीले काठमाडाैं आसपासका क्षेत्रमा नियमित जाने स्थान तथा वनजंगल, खोलानाला लगायत अधिकांश स्थानमा खाेजी गर्दा पनि शर्मा फेला परेका छैनन् । अहिले परिवार चिन्तित भएकाे छ ।