२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


टोटनह्याम र फ्रान्कफर्ट च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश


143
Shares

काठमाडौं । इंग्ल्याण्डको टोटनह्याम हट्सपर र जर्मनीको आइन्त्राच फ्रान्कफर्ट युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेका छन् ।

मंगलबार राति फ्रेन्च क्लब मार्सेलाई २–१ ले हराउँदै टोटनह्याम नकआउट चरणमा पुगेको हो । यस्तै, यसै समूहको अर्को खेलमा फ्रान्कफर्टले स्पोर्टिङ सिपिलाई २–१ ले नै हराएर नकआउट चरणमा पुगेको हो ।

मार्सेको मैदानमा भएको खेलमा टोटनह्यामका लागि क्लेमेन्ट लेङ्लेट र पिएरे इमिल होज्वजर्गले एक एक गोल गरे भने मार्सेका चान्सेल म्हेम्वाले एक गोल गरे । यसैगरी, फ्रान्कफुर्टको जितमा दाइची कामदा र रान्डल कोलो मुएनीले गोल गरे भने स्पोर्टिङका आर्थरले एक गोल गरे ।

समुह चरणका खेलहरु सकिँदा ११ अंक जोडेको टोटनह्याम समुह विजेता तथा १० अंक जोडेको फ्रान्कफर्ट उपविजेता बन्दै राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेका छन् ।

यस्तै, च्याम्पियन्स लिगकै अन्य खेलहरुमा मंगलबार राति इंग्ल्याण्डको लिभरपुलले इटालीको नापोलीलाई २–० ले हराउँदा नेदरल्याण्ड्सको आयाक्सले स्कटल्याण्डको रेन्जर्समाथि ३–१ को जित निकाएको छ ।

यसैगरि जर्मनीको बायर्न म्युनिखले इटालीको इन्टर मिलानलाई २–० ले पराजित गर्दा स्पेनको बार्सिलोनाले चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनलाई ४–२ ले पाखा लगायो ।

मंगलबार रातिका खेलहरुपछि युएफा च्याम्पियन्स लिगको राउण्ड अफ सिक्सटिनमा पुग्ने १४ वटा टोलीहरुको टुंगो लागिसकेको छ । आज बुधबार राति हुने ८ वटा खेलहरुपछि बाँकी २ टोलीको पनि टुंगो लाग्नेछ ।