
कात्तिक । सिंहदरबार लिफ्टमा दुईजना विदेशी पाहुना सहित ६ जना अड्किएका छन्।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको लिफ्टमा सोमबार दिउँसो करिब २ घण्टासम्म दुईजना विदेशी पाहुना र अन्य चारजना नेपाली लिफ्टमै अड्किए हुन् ।
लिफ्टमा अड्किएकामध्ये स्विडिस नागरिक नोरा हल्स्ट्रोम र एण्ड्रेस जेइथेन थिए।
त्यस्तै नेपाली नागरिकहरु निलु महर्जन, शिवकुमार अग्रवाल, सुनिलमान सिंह र शंकर उपाध्याय पनि लिफ्टमा थुनिएका थिए।
२ घण्टासम्म लिफ्ट नचलेपछि सेना र प्रहरीलाई गुहार लगाउनुपरेको थियो।
लिफ्टमा दुई घण्टासम्म अड्किएका उनीहरुलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पहलमा सेना र प्रहरी झिकाएर निकालिएको हो।
प्रतिक्रिया दिनुहोस्