Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


यात्रु अलपत्र पारेको भन्दै वायुसेवा निगमलाई साेधियाे २४ घण्टे स्पष्टीकरण


208
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

आइतबार काडमाडौंबाट नयाँ दिल्ली उड्ने उडान नम्बर आरए–२१७ का यात्रुलाई प्राधिकरणबाट उडान स्वीकृति नलिएर विमानस्थलमा बोलाएको र अलपत्र पारेको भन्दै प्राधिकरणले स्पष्टीकरण सोधेको हो ।

उडान नभएको दिनमा यात्रुहरुलाई विमानस्थलमा बोलाएर गैरकानुनी तरिकाले बोडिङ्ग पाससमेत उपलब्ध गराएर गैरसैनिक हवाई उडान ऐन, २०१५ तथा नियमावली, २०७३ बमोजिम विमानस्थलको सुरक्षा व्यवस्थामा गम्भीर असर पारेको भन्दै वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण साेधिएकाे हाे ।