Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


आमाको कुटाइबाट ८ वर्षीया छोरीको मृत्यु


0
Shares

भद्रपुर, भदौ ६ । झापामा आफ्नै आमाको कुटाइबाट बुधबार एक बालिकाको मत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–५, सुब्बाचोकका २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बू)की ८ वर्षीया छोरी सफलता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विद्यालय पठाउनेक्रममा कपाल कोर्न नमानेपछि बुधबार बिहान आमा हेमन्ताले छोरी सफलतालाई लाठीले कुटपिट गर्दा गम्भीर घाइते भएकी उनकोे बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

सफलताको दाहिने कन्चट, ढाड र दुवै हातमा नीलडाम देखिएको छ ।

हेमन्तालाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ । रासस