२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


दलित मुक्ति आन्दोलनका अगुवा घलेको निधन


130
Shares

धनकुटा । धनकुटाका दलित मुक्ति आन्दोलनका अगुवा एवम् बामपन्थी नेता भद्रमान घलेको निधन भएको छ ।

लामो समयदेखि दमको रोगबाट ग्रसित घलेको शुक्रबार बिहान ९० वर्षको उमेरमा मृत्यु भएको हो ।

जातीय छुवाछुत र उत्पीडनको विरुद्धमा वि.स. २००९ सालमा दलितहरुले समेत साप्ताहिक, पाक्षिक रुपमा लाग्ने बजारमा प्रवेश पाउनुपर्छ भन्दै आन्दोलनको नेतृत्व समेत घलेले गर्नुभएको थियो ।