Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


निर्मला हत्याका दोषीलाई कारबाहीको माग राख्दै डडेल्धुरामा आन्दोलन


0
Shares

टेकराज अवस्थी (इमेज)

डडेल्धुरा, भदौ ६ । कन्चनपुरकी निर्मला पन्तको हत्याका दोषीलाई कारबाहीको माग राख्दै बुधबारदेखि डडेल्धुरामा पनि आन्दोलन सुरु भएको छ ।

बलात्कारपछि निर्मम हत्या हुँदासमेत हत्यारालाई पक्राउ गर्न नसकी निर्दोष व्यक्तिलाई दोषी बनाउन खोजिएको भन्दै सरोकारवालाहरुले ऐक्यबद्धता आन्दोलन थालेका हुन् ।

‘निर्मलाका हत्यारालाई कारबाही गर’, ‘नागरिक सुरक्षा कायम गर’, ‘कानुनी राज्य स्थापित गर’लगायत नाराका साथ बुधबार डडेल्धुरा सदरमुकाम तुफानडाँडाबाट निस्किएको र्‍याली बजार परिक्रमा गर्दै सहिद भीमदत्त पन्तचोकमा पुगेर एक घन्टा चक्काजामसहित कोणसभामा परिणत भएको थियो । 

कन्चनपुरमा पनि निर्मलाका वास्तविक हत्यारालाई पत्ता लगाउन माग गर्दै स्थानीयले प्रदर्शन र आन्दोलन जारी राखेका छन् ।

कन्चनपुरको भीमदत्त नगरपालिका–२ की निर्मला गत साउन १० गते घरबाट साथीको घरमा विज्ञान विषयको उत्तरपुस्तिका लिन गएकोमा ११ गते भीमदत्त नगरपालिका–१८ स्थित उखुबारीमा मृतावस्थामा फेलापरेकी थिइन् ।