Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


सलमान खानलाई डेंगु संक्रमण, ‘बिग बोस’को होस्टमा काे ?


1.9k
Shares

एजेन्सी । भारतीय अभिनेता सलमान खानलाई डेंगु संक्रमण भएको छ । डेंगु संक्रमण कारण सलमान टिभी रियालिटी शो ‘बिग बोस १६’ को सुटिङ रद्द गरिएको छ ।

अब सलमानले आगामी केही सातासम्म शो होस्ट गर्ने छैनन् । उनको स्थानमा शो ले केही दिनका लागि नयाँ होस्ट पाउने भएको छ । सलमान पूर्ण रूपमा निको नभएसम्म भारतीय फिल्म निर्माता एवं निर्देशक करण जोहरले बिग बोस १६ को केही एपिसोडहरू होस्ट गर्नेछन्।

भारतीय सञ्चार माध्यमका अनुसार सलमान आफैंले करणलाई बिग बोस १६ होस्ट गर्न राजी गराएका हुन् । सलमान आफैंले करणलाई फोन गरेर शो होस्ट गर्न अनुरोध गरेका थिए। करणले सलमानको प्रस्ताव अस्विकार गर्न सकेनन् ।

यसअघि पनि करणले बिग बोस ओटीटी शो होस्ट गरिसकेका छन् । बिग बोस सन् २००६ मा सुरु भएको थियो । यसअघि यो शो अरशद वारसी, शिल्पा शेट्टी, फराह खान र अमिताभ बच्चन जस्ता सेलेब्सले पनि होस्ट गरिसकेका छन् । तर, २०१० देखि सलमान लगातार यस शोको होस्ट हुन्।