१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


प्रतिगमनका विरुद्धमा एक जुट हुनु स्वभाविक : मुख्यमन्त्री पोखरेल


39
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कुष्णचन्द्र पोखरेलले विशेष परिस्थितिलाई सम्हाल्दै देशको विकासका लागि अग्रगामी शक्ति एक भएको बताउनुभएको छ ।

शुक्रबार पोखरामा आयोजित सत्ता गठबन्धनको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले आगामी निर्वाचनमा जनतालाई निशंकोचतापूर्वक देश विकासका लागि अग्रगामी शक्ति एक ठाउँमा उभिएको जनकारी दिनुपर्ने बताउनुभयो । उहाँले गठबन्धन एक भइरहँदा प्रतिपक्ष दलहरुले माओवादी र कांग्रेसको विषयमा बिरोधी कुराहरु ल्याइरहेको भन्दै त्यसलाई गठबन्धनका दलले चिर्न सक्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले मुलुकमा परिवर्तन गर्ने दुई शक्ति भनेको नेपाली काँग्रेस र माओवादी तथा एकीकृत समाजवादी रहेको दाबी गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले संविधानमाथिको अतिक्रमण र प्रतिगमनका बिरुद्धमा एक जुट हुनु स्वभाविक भएको बताउनुभयो ।