Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


जिप दुर्घटना हुँदा ६ जना घाइते


208
Shares

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

जिल्लाको गोकुलेश्वरबाट डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँ जाँदै गरेको सु.प.प्र.०१-००१ ज १३७९ नम्बरको जिप बिहीबार बिहान ११ बजेतिर लेट्ठेकोट भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर जिप चालक बैतडीकाे डिलाशैनि गा.पा.७ बस्ने २२ वर्षीय महेश राज जोशी, साेही ठाउका ७० वर्षीका नारायण दत्त जोशी, ५४ वर्षीय हर्क बहादुर बोहरा, कन्चनपुर कृष्ण पुर न.पा.४ बाणीका ३५ वर्षीया अम्बिका जोशी, साेही ठाउँका ३८ वर्षीय मदन राज जोशी र ६ वर्षीय कपिल राज जोशी रहेका छन् ।

जिप सडकबाट १०० मिटर तल खसेको छ। घाइते भएकाहरुलाई उद्धार गरी गोकुलेश्वर अस्पताल पुर्‍याइएकाे बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लाेकराज जाेशीले बताउनुभयाे। दुर्घटनाको कारण खुल्न सकेकाे छैन ।