Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


३७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


169
Shares

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३७ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालिन अध्यक्ष गोपाल रसाइली, पल्टु राना, पुष्कल चौधरी तथा मालपोत कार्यालय कन्चनपुरका तत्कालिन प्रमुख मालपोत अधिकृत र नापी कार्यालय कन्चनपुरका तत्कालीन प्रमुख नापी अधिकृतसमेत ३७ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा आरोपमा मुद्दा दायर गरेको हाे।

तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा दोषी पाइएपछि उनीहरूविरुद्ध अदालतमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।