Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटियो


1.9k
Shares

काठमाडौं । नयाँ बानेश्वर क्षेत्रका मिठाई पसल, रेस्टुरेन्ट तथा थकाली खाना घरहरूको भान्छामा स्वच्छता र सफाइको समस्या देखिएको छ । आज काठमाडौं महानगरपालिकाले गरेको अनुगमनका क्रममा स्वच्छता र प्रयाप्त सफाइको नभएको पाइएको हो ।

स्वास्थ्य विभागको नेतृत्वमा गएको अनुगमनका क्रममा वडा नं. १० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रालिले सञ्चालन गरेको थकाली भान्छा, वडा नं. ३१ मा सञ्चालित कोलकत्ता स्वीट्स प्रा. लि., द बर्गर हाउस (सीएफसी), लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालय र फलफुल पसलको अनुगमन गरिएको थियो ।

निरीक्षण अधिकृत एवं खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डा. अवधेश झाले बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटिएको बताउनुभयाे ।

उनका अनुसार व्यवसायी आफूले मासु उत्पादन नगर्ने र आपूर्तिकर्ताबाट प्राप्त गर्ने भनेपछि आपूर्तिकर्तालाई लिएर ३ दिनभित्र कार्यालयमा उपस्थित आदेश जारी गरिएको फारम दिइएको छ ।