Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


घुस रकमसहित जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर पक्राउ


208
Shares

पर्सा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत कम्प्युटर अपरेटरलाई घुस रकमसहित पक्राउ गरेको छ । पाच हजार रुपैयाँ घुस लिएको आरोपमा सञ्जयप्रसाद यादवलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

विशेष उजुरी एवं सूचनाका आधारमा अपरेटर यादव सेवाग्रहीसँग पाँच हजार घुस लिइरहेको अवस्थामा कार्यालयबाट आज रङ्गेहात पक्राउ परेका हुन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका सूचना अधिकारी विष्णुप्रभा सापकोटाका अनुसार रोक्का रहेको जग्गा फुकुवा गरिदिने भनी सेवाग्राहीसँग अवैधरूपमा रकम माग गरिरहको सूचना आएपछि अख्तियारको टोलीले सो रकमसहित रङ्गेहात पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।