Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग नगर्दा उपयुक्त


221
Shares

काठमाडाैँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग नगर्दा उपयुक्त हुने बताउनु भएको छ ।

आज गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल बैठकमा उहाँले मतदान पछि चुनावमा हार्ने पक्षले सुरक्षा निकायको सवारी साधनमा मतपत्र ल्याएकाले आफूहरुले हार्नु परेको आरोप लाग्ने गरेकाले सकेसम्म मतपेटिका ढुवानीको काममा सुरक्षा निकायको सवारी साधन प्रयोग नगर्न सुझाव दिनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले निर्वाचनमा अन्त्यन्तै संवेदनशील भएर सुरक्षाकर्मी परिचालन गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो । निर्वाचनमा एउटा मात्रै युनिटले गल्ती गर्दा पनि त्यसको असर समग्र प्रणालीमा असर पर्ने भएकाले सुरक्षाकर्मीको परिचालन गर्दा विशेष ध्यान दिन उहाँको आग्रह थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले अस्थायी मतदान केन्द्रमा परिचालित हुने सुरक्षाकर्मीबारे आवश्यक व्यवस्था मिलाउनुपर्ने बताउनु भयो ।

उहाँले निर्वाचनको मौन अवधिमा शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन स्थानीय राजनीतिक दलहरुसँग समन्वय गरेर सुरक्षाकर्मी परिचालन गर्नुपर्ने उल्लेख गर्नु भयो । लोहनीले निर्वाचनको मौन अवधिमा झडप समेत हुने भएकाले त्यसमा ध्यान दिन जरुरी रहेको बताउनु भयो ।