Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश, सर्लाही–४ मा उम्मेदवार बन्दै


4k
Shares

काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेत्री चन्दा चौधरीले पार्टी परित्याग गर्नुभएकाे छ । लोसपा परित्याग गर्दै उहाँ नेपाली कांग्रेसमा प्रवेश गर्नुभएकाे हाे ।

बालुवाटार स्राेतका अुनसार बुधवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग चौधरीले भेटवार्ता समेत गर्नुभएकाे छ ।

बालुवाटार स्राेतले भन्याे,’उहाँलाई सर्लाही–४ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पाँच दलीय गठबन्धनबाट टिकट दिने प्रधानमन्त्री देउवाले प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ।’

चौधरी २०६४ सालमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट समानुपातिक सांसद बन्नु भएकाे थियाे । उहाँलाई साविकको तमलोपा अध्यक्ष महन्थ ठाकुरले खेलकुद सहायकमन्त्रीसमेत बनाउनु भएकाे थियाे ।

२०७४ सालको निर्वाचनमा पनि उनी महोत्तरीबाट साविकको राजपाबाट समानुपातिक सांसद बन्नु भएकाे हाे ।