Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


कांग्रेस महाधिवेशनमा मतदान फेरि सर्‍यो, २ बजेदेखि सुरु


130
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान निर्धारित समयअनुसार सुरु हुन नसक्ने भएको छ। निर्वाचन तयारी पूरा नभएपछि मतदानको समय पुनः परिवर्तन गरिएको हो।

यसअघि दिउँसो १ बजेबाट मतदान सुरु गर्ने तयारी गरिएको थियो।

महाधिवेशन सुरु भएको पाँचौँ दिन आज नेतृत्व चयनका लागि मतदान हुन लागेको हो। सुरुमा बिहान १० बजेदेखि मतदान गर्ने कार्यतालिका रहे पनि तयारीका कारण त्यसलाई १ बजेसम्म सारिएको थियो।

तर उक्त समयमा पनि मतदान हुन नसकेपछि पदाधिकारीका उम्मेदवारहरूसँग छलफल गरी अब दिउँसो २ बजेबाट मतदान गर्ने सहमति भएको बताइएकाे छ ।