काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
एमालेको ११औँ महाधिवेशनपछि स्थायी कमिटीको बैठक पहिलोपटक बस्न लागेको हो। बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आगामी गतिविधिबारे छलफल हुने जनाइएको छ।
एमाले स्थायी कमिटीमा केन्द्रीय पदाधिकारीसहित २७ जना सदस्य रहेका छन्। पार्टीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता बनाएको छ। भण्डारी पनि आजको स्थायी कमिटी बैठकमा सहभागी हुने बताइएको छ।









प्रतिक्रिया दिनुहोस्