Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


‘संविधानको संरक्षकबाटै संविधानमाथि अतिक्रमण गरियाे’


78
Shares

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको संरक्षकबाटै संविधानमाथि अतिक्रमण गरिएकाे बताउनु भएकाे छ।

लुम्बिनीमा आयाेजित एक औपचारिक कार्यकममा उनले नागरिकता विधेयक रोकेर संविधानमाथि अतिक्रमण भएकाे आभाष जनताहरुले गरेकाे पनि बताउनुभयाे ।

संविधानले कुनै पनि नागरिकलाई अनागरिक हुन नदिने लेखेको भएपनि अहिले विधेयक रोकिँदा लाखौं नागरिक अनागरिक बनेको उहाँकाे भनाइ छ ।

उनले भने, ‘नागरिकताको पर्खाईमा रहेका लाखौं नागरिक अनागरिक हुँदा विधेयक रोक्नेहरु जवाफदेही हुनुपर्दैन ।’

उनले संविधानको संरक्षकबाट विधेयक रोक्नु संविधानमाथिको अतिक्रमण र गैरसंवैधानिक काम भएको सबैले बुझेको बताउनुभयाे ।