
काठमाडौं । नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आफूविरुद्ध अफवाह फैलाउने सामाचार नलेखिदिन अनुराेध गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यस्ताे आग्रह गरेका हुन् । साथै उनले आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा रहेको समेत उल्लेख गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘मानसिक तनाव र स्वास्थ्य खराबीका कारण आइसोलेसनमा बसेको छु। र, म चाँडै नेपाल फर्किने छु।’

प्रतिक्रिया दिनुहोस्