Logo ८ आश्विन २०८३, बिहिबार | Fri Sep 25 2026


सामाजिक सुरक्षाको लाखाै पैसा हिनामिना गरेका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा


741
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिदार राजेन्द्र बहादुर भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

जुम्ला चन्दननाथ नगरपालिका पञ्जिकरण शाखा प्रमुख खरिदार भण्डारीले सामाजिक सुरक्षाको रकम हिनामिना गरेको आरोपमा आयोग बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

सामाजिक सुरक्षा भत्तासमेतको रकम हिनामिना गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा भण्डारीले २० लाख अठहत्तर हजार ६ सय रुपैयाँ भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताउनु भयाे ।

उनका अनुसार भण्डारीले सो रकम बैंकमार्फत लाभग्राहीको खातामा जम्मा नगरी आफ्नो र आफ्नो नाबालक छोराको खातामा जम्मा गरेको पाइएको हो।