१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


शरद ऋतुमा विभिन्न हिमाल आरोहणका लागि ५० देशका ३६४ जनाले लिए अनुमति


26
Shares

काठमाडौं । यो वर्ष ५० देशका ३६४ जनाले शरद ऋतुका लागि हिमाल आरोहणको अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ७ वटा हिमाल आरोहणका लागि ३६ समूहका ३६४ जनाले आरोहण अनुमति लिएका हुन् ।

पर्यटन विभागका अनुसार भदौ ८ गतेदेखि हिमाल आरोहण खुला गरिएको हो । शरद ऋतुका लागि हालसम्म सगरमाथा, धवलागिरि, हिमलुङ, मनास्लु, नुप्से, कुम्भकर्ण र सरिबुङका लागि आरोहण अनुमति जारी गरिएको छ ।

अनुमति पाउनेमा २७८ पुरुष र ८६ जना महिला आरोही रहेका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकी नागरिक छन् । विभागका अनुसार ३५ जना पुरुष र १२ जना महिला गरी कुल ४७ जना अमेरिकी आरोहीले अनुमति लिइसकेका छन् ।

त्यसैगरी धेरै अनुमति लिनेमा भारतबाट २७, इरानबाट २२, स्पेनबाट २०, अर्जेन्टिना १७, फ्रान्सबाट १७, रसियाबाट १५, बेलायतबाट १४, चीनबाट १२, इटालीबाट १२, जर्मनीबाट १२, युएईबाट १०, पोल्यान्डबाट १०, मेक्सिकोबाट १० जना रहेका छन् ।

यस सिजनमा आरोहण अनुमतिबापत सरकारलाई चार करोड ३३ लाख १२ हजार ७२३ रूपैयाँ राजस्व प्राप्त भएको छ ।