Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


आगलागीमा परेर आमाछोरीको मृत्यु


0
Shares

सुन्सरी । धरानमा आज भएको आगलागीमा परेर आमाछोरीको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका–१५ स्थित नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।

विद्युत सर्ट भएर आगो लागेपछि खाना पकाउने ग्यास पड्किएर नरबहादुरकी श्रीमती धनमाया श्रेष्ठ र उनकी छोरी सीताकोे जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढुंडिराज न्यौपानेले बताउ ।

नगरपालिकाको दमकल प्रहरी र स्थानीय वासिन्दाले आगो नियन्त्रणमा लिएका छन् । आगलागी परि गरगहनालगायत घरका सामानहरु समेत जलेर नष्ठ भएको छ ।