Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


कमल थापाले गाई चिन्ह नपाउने


2.9k
Shares

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गाई चुनाव चिन्ह नपाउने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र तीलप्रसाल श्रेष्ठको संयुक्त ईजलासले थापाले गाई चुनाव चिन्ह माग गर्दै दायर गरेको रिट मंगलबार खारेज हुने फैसला गरेको हो ।

अदालतको यो फैसलासँगै राप्रपा नेपालले तीर चुनाव चिन्ह नै कायम रहेको छ । असार ३० गते थापाले सर्वोच्च अदालतमा निर्वाचन आयोग निर्णयविरुद्ध गाई चुनाव चिन्ह माग गर्दै रिट दायर गर्नुभएको थियो ।

भदौ १२ गते न्यायाधीश सपना प्रधान मल्लको एकल ईजलासले कारण देखाउ आदेश जारी गर्दै राप्रपा नेपाललाई गाई चुनाव चिन्ह नदिने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले पुरानै पार्टीलाई ब्युँत्याउनुभएको थियो ।