Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


‘हिजो आजका कुरा’ फिल्मको दोस्रो गीत ‘परदेश’ सार्वजनिक


273
Shares

काठमाडौं । अभिनेता सन्तोष पन्तका छोरा साकार पन्तको डेब्यू निर्देशित फिल्म ‘हिजो आजका कुरा’ को दोस्रो गीत ‘परदेश’ सार्वजनिक भएको छ।

असोज २८ बाट प्रदर्शन हुने फिल्मको निर्माण सन्तोष पन्तले गरेका हुन् । सार्वजनिक गीतमा स्वर र संगीत हर्कुलस बस्नेतको रहेको छ । गीतमा एकतारे र निर्देशक पन्तको शब्द रहेको छ ।

प्रस्तुत भिडियोमा सन्तोष पन्त, रमा थपलिया, साकार पन्त, ऋचा शर्मा, रीमा विश्वकर्मा, केकी अधिकारी, लक्ष्मी भुसाल, रवि डंगोल, मञ्जु श्रेष्ठको अभिनय रहेको छ ।

फिल्मको पहिलो गीत ‘ए जदौ माया जदौ’ यसअघि नै हिट भइसकेको छ ।

फिल्ममा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जयनन्दन लामा, रमेश अधिकारी, जेविका कार्की, विनायक कुइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, लक्ष्मी भुषाल, सविन शाक्य, मन्जु श्रेष्ठ, कमला रेग्मीलगायत कलाकारको अभिनय छ ।

रवि सयामीले छायांकन गरेको फिल्मलाई विनय कंसकारले सम्पादन गरेका हुन् । यस फिल्ममा प्रतिभा पन्त कार्यकारी निर्माता, सन्तोष पन्त/साकार पन्त निर्माता र बैकुण्ठ प्रसाद उपाध्याय/कुमार मिश्र सह-निर्मातामा छन् ।

भिडियो :-