
काठमाडौं । रुसी सेनाको कब्जामा रहेको खर्सोन क्षेत्रलाई पुनः आफ्नो नियन्त्रणमा ल्याउन युक्रेनी सेना अघि बढेपछि त्यस क्षेत्रमा भीषण संघर्ष भईरहेको छ ।
रुसी सेनाको एउटा सुरक्षा घेरा तोडेको दवी गरेको युक्रेनले आफ्नो सेना २४ घण्टा आक्रमणमा खटिएको बताएको हाे । रुसी सेनाका अखडाहरु तथा खर्सोन शहर प्रवेश गर्ने पुलहरुमा युक्रेनी सेनाले आक्रमण तीब्र बनाएको बताइएको छ ।
अमेरिकाले उपलब्ध गराएको हिमार्स रकेटको सहयोगमा युक्रेनी सेनाले आक्रमण गरिरहेको हो । तर रुसले भने युक्रेनी दावी अस्वीकार गर्दै युक्रेनी सेना जमिनको लडाईबाटपछि हटिसकेको र युक्रेनी सेनामा ठूलो क्षति भएको दावी गरेको छ ।
दुवै पक्षका भनाई स्वतन्त्र रुपमा पुष्टि हुने अवस्था नरहे पनि युक्रेनी सेनालाई खर्सोन फिर्ता लिन भने सजिलो नरहेको जानकारहरुले बताएका छन् । खर्सोन नै रुसी कब्जामा गएको युक्रेनको सबै भन्दा ठूलो शहर हो ।
प्रतिक्रिया दिनुहोस्