
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा र पूर्वतर्फ सरदर स्थानभन्दा उत्तर दिशामा अवस्थित रहेको छ।
आज (बुधबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेकाे छ । साथै कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
बुधबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।
बुधबार राति भने देशका पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । अन्य भू-भागमा भने आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।
त्यस्तै, प्रदेश-१ र लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्