
एजेन्सी, जेठ १० । अमेरिकामा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले आफ्नो एक टिप्पणीप्रति माफी मागेका छन् ।
पूर्व उपराष्ट्रपति बाइडेनले एक अन्तर्वार्ताको क्रममा आउँदो चुनावमा आफूलाई छोडेर डोनाल्ड ट्रम्पलाई मत दिने अफ्रिकन अमेरिकी अर्थात अश्वेतहरु ‘अश्वेत’ नहुने बताएका थिए । उनले सो टिप्पणीका लागि क्षमायाचना गरेका हुन् ।
रेडियो होस्ट चार्लामाग्ने था गडले अन्तर्वार्ताको क्रममा अश्वेत मतदातासम्म बाइडेनको पहुँचलाई लिएर दबाब सिर्जना गरेपछि उनले यस्तो टिप्पणी गरेका थिए । बाइडेनले आफ्नो टिप्पणीप्रति माफी माग्दै कहिल्यै पनि अफ्रिकन अमेरिकन समुदायको समर्थनलाई आफूले हल्का रुपमा नलिएको बताएका हुन् ।
बाइडेनका लागि अफ्रिकन अमेरिकन समुदायबाट मिल्दै आएको समर्थनलाई महत्वपूर्ण मानिएको छ । उक्त अन्तवार्ताको अन्तिमतिर टुंग्याउन परेको समय दबाबका क्रममा चार्लामाग्नेले आफूसँग अझै प्रश्नहरु भएकाले अर्को अन्तर्वार्ताका लागि समय मिलाउन भनेका थिए ।
तर त्यसको जवाफमा बाइडेनले, ‘यदी तपाईँलाई मलाई वा ट्रम्पलाई समर्थन गर्ने भन्नेमा कुरामा समस्या भइरहेको छ भने तपाईँ अश्वेत होइन ।’भन्ने टिप्पणी गरेका थिए । सोही विषयमा अफ्ठ्यारो परेपछि बाइडेनले माफी मागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्